पोखरास्थित एभरेष्ट बैंकमा कसले हान्यो ढुङ्गा ?
पाेखरा | बैशाख ३०, २०८१
पोखरा: पोखरास्थित एभरेष्ट बैंकमा अज्ञात समूहले हानेको ढुङ्गाले बैंकको सिसा फुटेको छ ।
मध्यरातमा स्कुटरमा आएका दुई व्यक्तिले बैंकमा ढुङ्गा हानेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी एवम् प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘मध्यरात १ः४५ बजेको समयमा अज्ञात समूहले पोखरास्थित एभरेष्ट बैंकमा ढुङ्गा प्रहार गरेर सिसा फुटाएको सूचना आएको थियो’, डीएसपी श्रेष्ठले भने, ‘अज्ञात समूहले बैंकमा ढुङ्गा प्रहार गर्दा सिसा फुटेको छ, स्कुटरमा आएका दुई व्यक्तिले ढुङ्गा प्रहार गरेको प्रारम्भिक अनुमान छ ।’
बैंकमा कसले किन ढुङ्गा हान्यो भन्ने विषयमा अनुसन्धान अगाडि बढाएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

